Kathmandu Press

पूर्वराजालाई शासन गर्ने इच्छा भए चुनाव लडेर आउनुस् : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिएका छन्।आज गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानद्वारा...
पूर्वराजालाई शासन गर्ने इच्छा भए चुनाव लडेर आउनुस् : प्रधानमन्त्री देउवा

काठमाडौं, कात्तिक २४ : प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिएका छन्।

आज गणेशमान सिंह स्मृति शान्ति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले प्रजातान्त्रिक मुलुक भएकाले जोकोहीलाई चुनाव जितेर नेतृत्वमा आउन सकिने सुविधा रहेको स्पष्ट पारे।

‘शासन गर्ने भए चुनाव लडेर आउनुस्,’ उनले भने, ‘प्रजातन्त्रमा त्यो सुविधा छ तर वर्तमान शासन व्यवस्था विरुद्ध नलाग्नुस्।’

प्रधानमन्त्री देउवाले जनताभन्दा माथि कोही नभएको सत्य स्वीकार गर्नसमेत पनि आग्रह गरे। ‘जनताभन्दा ठूलो शक्ति केही छैन। जनता नै यो देशको मालिक हो,’ उनले भने, ‘प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो, पार्टीहरूका विकल्प पार्टी।’

प्रधानमन्त्री देउवाले कसैलाई पनि वर्तमान शासन व्यवस्थाविरुद्ध नलाग्न पूर्वराजा शाहलाई आग्रह पनि गरे। गणतन्त्रको खिपाफमा मानिसहरू सल्बलाइरहेको उल्लेख गर्दै सबैलाई सचेत हुन आग्रह पनि गरे।

संविधानमा त्रुटि भए बरु सच्याउँदै जान सकिने उनको भनाइ थियो।

प्रकाशित मिति: १२:२९ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्