Kathmandu Press

अफगानिस्तानलाई सुरक्षा सहयोग गर्ने इरानको प्रस्ताव

काबुल, कात्तिक २४ : इरानले अफगानिस्तानको सुरक्षामा सहयोग गर्ने प्रस्ताव गरेको छ। इरानका एकजना सुरक्षा अधिकारीले सो प्रस्ताव गरेका हुन्। उनले अफगानिस्तानबाट अमेरिकी र...
अफगानिस्तानलाई सुरक्षा सहयोग गर्ने इरानको प्रस्ताव

काबुल, कात्तिक २४ : इरानले अफगानिस्तानको सुरक्षामा सहयोग गर्ने प्रस्ताव गरेको छ। इरानका एकजना सुरक्षा अधिकारीले सो प्रस्ताव गरेका हुन्। उनले अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भएपछि त्यहाँको सुरक्षा व्यवस्था कमजोर भएको हुनसक्ने भन्दै यस्तो अवस्थामा इरानले सहयोग गर्न सक्ने बताएका हुन्।

उनले खासमा पछिल्लो समयको अफगानिस्तानको सुरक्षा अवस्थाको बारेमा मध्यनजर गर्दै इरान र अफगानिस्तानले संयुक्त रुपमा सुरक्षा अपनाउन सकिने प्रस्ताव गरेका समाचारमा जनाइएको छ। 

Hardik ivf

इरानको राष्ट्रिय सुरक्षा परिषदका सचिव अलि सामखानीले सो प्रस्ताव गरेका हुन् । उनले भनेका छन् हालको अफगानिस्तानको सुरक्षा अवस्था नाजुक छ त्यसैले यस्तो अवस्थामा इरान र अफगानिस्तान मिलेर संयुक्त रुपमा सुरक्षा व्यवस्था मिलाउनुपर्छ।

उनी भारतमा बुधबारदेखि सुरु हुने अफगानिस्तानसमेतको क्षेत्रीय सुरक्षा सम्बन्धी बैठकमा सहभागी हुन भारत गएका छन्। त्यसअघि उनले सो कुरा बताए। 

उनले भारतमा हुन लागेको सो सुरक्षा बैठकमा सहभागिताका लागि पनि अफगानिस्तानलाई आग्रह गरेका छन्। उनले सो बैठकमा सहभागी भएर अफगानिस्तानको अहिलेको अवस्था र यहाँका चुनौतीका बारेमा आफ्ना कुरा राख्न आग्रह पनि गरेका छन्।

हाल अफगानिस्तानमा तालिबानहरुको अन्तरिम सरकार रहेको छ। अमेरिकी सेनाको नेतृत्वको सरकारलाई अपदस्थ गरेर यहाँका तालिबानहरुले केही समय अघि सत्ता कब्जा गरेका हुन्। 
 

प्रकाशित मिति: १२:२६ बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्