Kathmandu Press

बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

काठमाडौं, कात्तिक २४ : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले उकालो लागेर ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। पहेँलो...
बढ्यो सुनको मूल्य, चाँदीको भने स्थिर

काठमाडौं, कात्तिक २४ : नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले उकालो लागेर ९२ हजार ७०० रुपैयाँ कायम भएको छ। पहेँलो धातु मङगलबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ  रहने छ जसको मूल्य मङ्गलबार ९१ हजार ८०० रुपैयाँ तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ। चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो। महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको काारोबार मूल्य तोक्दै आएको छ। 

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८२६ दशमलव ९४ डलरमा कारोबार भइरहेको छ।  

प्रकाशित मिति: ११:३० बजे, बुधबार, कात्तिक २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्