सिन्धुलीगढी विजयोत्सवका प्रमुख अतिथिको विषयमा विवाद भएपछि सिन्धुली सदरमुकाममा निषेधाज्ञा जारी
सिन्धुली, कात्तिक २४ : सिन्धुलीमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण तथा सिन्धुलीगढी विजयोत्सवको प्रमुख अतिथिको विषयलाई लिएर विवाद भएको छ ।कार्यक्रममा एमाले...
सिन्धुली, कात्तिक २४ : सिन्धुलीमा बीपी कोइराला र पुष्पलाल श्रेष्ठको सालिक अनावरण तथा सिन्धुलीगढी विजयोत्सवको प्रमुख अतिथिको विषयलाई लिएर विवाद भएको छ ।
कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेललाई प्रमुख अतिथि बनाएको विषयमा विवाद भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सदरमुकाममा निश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
एमाले कार्यकर्ता र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुने स्थिति देखिएपछि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने जानकारी दिएका छन् ।
सदरमुकाम सिन्धुलीगढीस्थित खेल मैदान नजिकै बाल उद्यान पार्कको उदघाटन गर्ने र त्यहाँ बिपी कोइराला र पुष्पलाल श्रेष्ठको अर्धकदको शालिक अनावरण गर्ने कार्यक्रममा कमलामाई नगरपालिकाले प्रमुख अतिथिको रुपमा पोखरेललाई बोलाएको थियो। कार्यक्रममा सहभागी हुन पोखरेलले मंगलबार नै सिन्धुलीगढी गएका थिए ।
तर गठबन्धन दलले एमाले महासचिव पोखरेललाई प्रमुख अतिथि बनाएको भन्दै विरोध जनाएका थिए । गठबन्धनका दलका कार्यकर्ताहरुले लोकतान्त्रिक चोकमा रहेको बाल उद्यान पार्कलाई घेरेका थिए भने एमालेका कार्यकर्ताहरु पनि ठूलो संख्यामा भेला भएका थिए ।
अप्रिय घटना हुन नदिन त्यहाँ सुरक्षाकर्मीको तैनाथी बढाइएको थियो। सहमतिको लागि प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा पनि सहमती जुट्न सकेको थिएन।











![ग्यासका लागि घण्टौँ लाइनमा उपभोक्ता [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-3_6607019b-1788684933.jpg)
