Kathmandu Press

विश्वव्यापी खोप असमानतालाई सम्बोधन गर्न चीन प्रतिबद्ध

मस्को, कार्तिक २३ : चीनले विकासोन्मुख देशहरूमा कोभिड १९ खोपको पहुँच र मितव्यितामा सुधार गर्ने आफ्नो दृढ संकल्प देखाएको छ।खोप उत्पादनमा संलग्न सबै...
विश्वव्यापी खोप असमानतालाई सम्बोधन गर्न चीन प्रतिबद्ध

मस्को, कार्तिक २३ : चीनले विकासोन्मुख देशहरूमा कोभिड १९ खोपको पहुँच र मितव्यितामा सुधार गर्ने आफ्नो दृढ संकल्प देखाएको छ।

खोप उत्पादनमा संलग्न सबै देशहरूलाई यस लक्ष्यमा लाग्न आग्रह गर्दै  हालै द फ्रीमा प्रकाशित  लेख अनुसार चीनले धनी देशहरूले खोप र उपचार खर्च गर्ने तर विकासोन्मुख देशहरूले भने खोप र उपचारको प्रबन्ध गर्न सङ्घर्ष गरिरहेको टिप्पणी गरेको छ।

उक्त लेख अनुसार चीन एक मात्र देश हो जसले दर्जनौं राज्यहरूलाई अनुदान सहायता प्रदान गरेर यो यो महामारीको दुष्चक्र तोड्न खोजेको छ। 

चीनले हालसम्म १०० भन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्थाहरूलाई १.६ अर्ब भन्दा बढी खोप उपलब्ध गराएको छ र जी २० नेताहरूको शिखर सम्मेलनमा विश्वका लागि वर्षभरि २ अर्बभन्दा बढी डोज खोप उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेको छ। बेइजिङले विकासोन्मुख देशहरूलाई खोप आपूर्ति र मानवीय सहायताको नाममा कुनै पनि प्रकारको राजनीतिकरणको कडा विरोध गरेको जनाइएको छ। 

प्रकाशित मिति: २०:३६ बजे, मंगलबार, कात्तिक २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्