Kathmandu Press

मोतीपुर घटनामा मृतकका परिवारलाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं, कात्तिक २३ : रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई सरकारले जनही ५ लाख राहत उपलब्ध गराइने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को...
मोतीपुर घटनामा मृतकका परिवारलाई जनही ५ लाख दिने सरकारको निर्णय

काठमाडौं, कात्तिक २३ : रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई सरकारले जनही ५ लाख राहत उपलब्ध गराइने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यसअघि नै सरकारले मृतकका परिवारलाई किरिया खर्च स्वरूप ५० हजार दिइसकेकोमा मन्त्रिपरिषद्ले थप ५ लाख दिने निर्णय गरेको हो । गत असोजमा भएको उक्त घटनामा चार जनाको मृत्यु भएको थियो ।

औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने क्रममा प्रहरीसँग भएको झडपमा सो घटना हुन पुगेको थियो । प्रहरीले  मोतीपुर घटनाका मुख्य अभियुक्त भन्दै साविर अलि मुसलमानलाई पक्राउ गरिसकेको छ ।  

प्रकाशित मिति: २०:३१ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्