पुटिन-बाइडेन शिखर वार्ताको मिति तोकिएको छैन : क्रेमलिन

मस्को, कार्तिक २३ : रुस र संयुक्त राज्य अमेरिकाले राष्ट्रपति भ्लादिमिर पुटिन र जो बाइडेन बीच भेटवार्ताको आवश्यकता बुझे पनि बैठकको लागि समय भने तोक्न बाँकी छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई दिएको जानकारी अनुसार दुई नेता बीच ‘बैठक हुनु आवश्यक छ र दुई राष्ट्रपतिले संवाद जारी राख्नुपर्छ भन्ने बुझाइ छ तर अहिलेसम्म वार्ताको कुनै निश्चित समयसीमा भने तोकिएको छैन।’
प्रवक्ताले पुटिन र बाइडेनले अर्को वर्षको शुरुमा भेट गर्न सक्ने सङ्केत गरेका छन्।
प्रकाशित मिति: २०:२९ बजे, मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











