Kathmandu Press

गण्डकी प्रदेशमा ८७ जना कोरोना सङ्क्रमणमुक्त

गण्डकी, कात्तिक २३ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा प्रदेशमा ३२ जना सङ्क्रमित थपिएको स्वास्थ्य...
गण्डकी प्रदेशमा ८७ जना कोरोना सङ्क्रमणमुक्त

गण्डकी, कात्तिक २३ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। यस अवधिमा प्रदेशमा ३२ जना सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जनाकारी दिए।

उनका अनुसार थपिनेमा कास्कीका १७ , नवलपरासी (बर्दाघाट सुस्तापूर्व) र पर्वतका चार/चार , स्याङ्जाका तीन, बागलुङका दुई, लमजुङ र तनहुँका एक/एक छन् । प्रदेशमा सकृय सङ्क्रमितको सङ्ख्या ४२६ पुगेको छ भने होमआइसोलेसनमा ३९१ जना रहेको निर्देशनालयले जनाएको छ। 

प्रकाशित मिति: १९:५४ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्