सामाजिक सञ्जालमा नौटंकी नदेखाउन रावललाई भट्टको चेतावनी
काठमाडौं, कात्तिक २३ : नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा ‘नौटंकी’ नदेखाउन चेतावनी दिएका छन् ।मंगलबार...
काठमाडौं, कात्तिक २३ : नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले एमाले उपाध्यक्ष भीम रावललाई सामाजिक सञ्जालमा ‘नौटंकी’ नदेखाउन चेतावनी दिएका छन् ।
मंगलबार एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा भट्टले रावललाई फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौटंकी नदेखाउन चेतावनी दिएका हुन्।
रावलले मंगलवार बिहान सामाजिक सञ्जालमा सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएपछि प्रदेश इन्चार्ज भट्टले सामाजिक सञ्जालमा नभई समितिको बैठकमा मत राख्नका लागि सुझाव दिएका हुन्।
एमाले सुदूरपश्चिमको बैठकलाई सम्बोधन गर्ने क्रममा इन्चार्ज भट्टले रावललाई फरक मत राख्नलाई पार्टीमा समितिहरू रहेको बताउँदै सामाजिक सञ्जालमा नौटंकी नदेखाउन पनि चेतावनी हुन् ।
प्रकाशित मिति: १९:१७ बजे, मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











