सुदूरपश्चिम प्रदेशमा १६ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम, कात्तिक २३ : सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट...
सुदूरपश्चिम, कात्तिक २३ : सुदूरपश्चिम प्रदेशमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८०० जनाको नमूना परीक्षण गरिएको थियो।
स्वास्थ्य निर्देशनालयका अनुसार १४ जनामा आरटी पीसीआर र दुई जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १४ र एन्टिजेनमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण देखिएको हो।
प्रदेशभर १३ सङ्क्रमित निको भएर घर फर्किएका छन्। उक्त अवधिमा प्रदेशमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७२ वर्षीया महिलाको ज्यान गएको हो। सोमबार प्रदेशमा ३० जनाका कोरोना सङ्क्रमण पुष्टि भएको हुनाका साथै ३० जना सङ्क्रमण मुक्त भएका थिए।
प्रकाशित मिति: १९:१३ बजे, मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)