बाजुरामा दुई करोड बढीका अन्नबालीमा क्षति
बाजुरा, कात्तिक २३ : गत असोज ३१ देखि यही कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ।...
बाजुरा, कात्तिक २३ : गत असोज ३१ देखि यही कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण जिल्लामा दुई करोडभन्दा बढीको क्षति भएको छ। जिल्लाका दुई हजार २०९ कृषकका ३९२ हेक्टर क्षेत्रफलमा लगाइएको ९४० मेट्रिक टन धान र कोदो बालीको नोक्सानी भएको छ।
कृषि ज्ञान केन्द्रको तथ्याङकअनुसार दुई करोड ७१ लाख २५ हजार ५५० रूपैयाँ बरावरको बालीमा क्षति भएको हो। केन्द्रका सूचना अधिकारी मीनप्रसाद जोशीले जिल्लामा धान २५६ हेक्टरमा ७१५ मेट्रिक टन क्षति भएको जानकारी दिए। उनका अनुसार धानबालीको दुई करोड १४ लाख १८ हजार ८०० बराबरको क्षति भएको हो। त्यसैगरी कोदो १३६ हेक्टरमा लगाएको २२४ मेट्रिक टन क्षति भएको छ र यसको मूल्य रु ५७ लाख ६ हजार ७५० बराबरको भएको जनाइएको छ। अनुमानित तथ्याङ्क सङ्कलन गरी कृषकलाई उचित राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायमा पठाइएको सूचना अधिकारी जोशीले बताए।
सधैँजसो खाद्य संकट भोग्नुपर्ने जिल्लाले यस वर्ष थप चुनौती व्यहोर्नुपर्ने जनाइएको छ।









-(86)-1764936079.jpg)


-1764760320.jpg)