Kathmandu Press

संशोधन र राष्ट्रिय सहमति नभएसम्म एमसीसी अघि नबढाउने माओवादीको निर्णय 

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले एमसीसीमा विषयमा राष्ट्रिय सहमति र संशोधनविना एमसीसी अगाडि बढ्न नसक्ने प्रष्ट पारेको हो ।
संशोधन र राष्ट्रिय सहमति नभएसम्म एमसीसी अघि नबढाउने माओवादीको निर्णय 
फाइल तस्बिर

काठमाडौं, कात्तिक २३ : सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति नभई अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि नबढाउने जनाएको छ ।

पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले एमसीसीमा विषयमा राष्ट्रिय सहमति र संशोधनविना एमसीसी अगाडि बढ्न नसक्ने प्रष्ट पारेको हो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफू र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पत्र लेखेको अभिव्यक्ति दिएका थिए ।

एमसीसीमा रहेका केही विषय आपत्तिजनक रहेको र राष्ट्रिय सहमति नभई अघि नबढ्ने माओवादी प्रवक्ता कृष्ण बहादुर महराले बताएका छन् । त्यस्तै बैठकले पुष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति: १९:०५ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्