प्रदेश नं १ मा सबैभन्दा बढी मोरङमा कोरोना सङ्क्रमित
विराटनगर, कात्तिक २३ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ सबैभन्दा बढी मोरङमा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।स्थानीय पालिकाका अनुसार सबैभन्दा...
विराटनगर, कात्तिक २३ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ सबैभन्दा बढी मोरङमा ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्थानीय पालिकाका अनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिकामा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार झापामा १७, सुनसरीमा १०, इलाममा दुई, सङ्खुवासभा र उदयपुरमा एक एक जना गरी कूल ९५ जनामा सङ्क्रमण देखिएको हो।
सो सङ्क्रमित ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० को एन्टिजेन परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको छ। प्रदेशमा आजै १७ महिलासहित ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने चार महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १८:४७ बजे, मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












