Kathmandu Press

दुई लाख ९१ हजारसहित १८ जुवाडे पक्राउ

काठमाडौं, कात्तिक २३ : जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्वका समयमा जुवा खेल्ने १८ जनालाई रु दुई लाख ९१ हजार ६०५ सहित पक्राउ गरेको...
दुई लाख ९१ हजारसहित १८ जुवाडे पक्राउ

काठमाडौं, कात्तिक २३ : जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्वका समयमा जुवा खेल्ने १८ जनालाई रु दुई लाख ९१ हजार ६०५ सहित पक्राउ गरेको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा दसैँदेखि तिहारसम्मका अवधिमा जुवा खेलेका उनीहरुलाई पक्राउ गरिएको हो । उनका अनुसार असोज २८ गते खैरहनी नगरपालिका–९ मगनीबाट लुडो खेलेको अवस्थामा रु ९९ हजार ३२० सहित पाँच जना, कात्तिक १५ गते भरतपुर महानगरपालिका–४ यज्ञपुरीस्थित कटेजमा तास खेलेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।

उनीहरुबाट नगद रु १६ हजार १५ बरामद भएको उनले जानकारी दिए । यस्तै कात्तिक १६ गते भरतपुर महानगरपालिका–६ चोकबजारबाट कौडा खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ५३ हजार ७० बरामद गरिएको थापाले बताए । यस्तै कात्तिक २० गते भाइटीकाको दिन कौडा खेलिरहेको अवस्थामा राप्ती नगरपालिका–८ बाट तीन जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट रु एक लाख २३ हजार २०० बरामद भएको थियो ।

प्रवक्ता थापाका अनुसार पक्राउ परेका उनीहरुको साथबाट ३२ वटा कौडा, चौकोष दुई थान, तास एक बुक, लुडो बोर्डसमेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरुलाई अपराध संहिता ऐनअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कारबाही गरिएको उनले जानकारी दिए । 

प्रकाशित मिति: १८:३२ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्