प्रधान सेनापति शर्मा र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटघाट
काठमाडाैं, कात्तिक २३ : मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतीय सेनाध्यक्ष जनरल मनोज मुकन्द नरवणेसँग भेटघाट तथा छलफल...
काठमाडाैं, कात्तिक २३ : मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति महारथी प्रभुराम शर्माले भारतीय सेनाध्यक्ष जनरल मनोज मुकन्द नरवणेसँग भेटघाट तथा छलफल गरेका छन्।
मंगलबार भारत भ्रमणमा गएका सेनापति शर्माले मंगलबार सेनाध्यक्ष नरवण्ेसँग भेटवार्ता गरेका हुन्।
भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो। उक्त छलफलपश्चात प्रधान सेनापति महारथी शर्मालाई ‘इन्डिया सेक्यूरिटी प्रोस्पेक्टिभ’को बारेमा प्रस्तुतिकरण समेत गरीएको थियो।
यसअघि उनले राष्ट्रिय समर स्मारकमा वीर शहिदहरुको सम्मानमा पुष्प गुच्छा अर्पण गरेका थिए। त्यसै गरी उनको सम्मानमा साउथ व्लक लनमा भारतीय सेनाको एक टुकडिले सम्मान गारत अर्पण गरेको थियो।
प्रकाशित मिति: १८:२६ बजे, मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











