Kathmandu Press

आगलागीबाट विभिन्न धनमाल नष्ट 

आगलागीबाट विभिन्न धनमाल नष्ट 

ताप्लेजुङ, कात्तिक २३ : मैवाखोला गाउँपालिका ३ तुम्बे बस्ने सानुमाया शेर्पाको घरमा मंगलबार बिहान आगलागी हुँदा घर, विभिन्न सामान जलेर नष्ट भएको छ। 

घर नजिक रहेको दाउराको हारमा गुण लगाई बसेको बारुलाको गोलामा केटाकेटीले आगो लगाउने क्रममा  उनको घरमा आगलागी भएको बताइएको छ। आगलागीबाट करिब ७ लाख रुपैयाँ बराबरको विभिन्न धनमाल नष्ट भएको छ। 

प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्