Kathmandu Press

करेन्ट लागेर एक जनाको मृत्यु 

नवलपरासी(पूर्व), कात्तिक २३ :  बिनयी त्रिबेणी गाउँपालिका ३ स्थित खोरन्डी खोलामा टिपर धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। प्र २ ०३ ००१ख...
करेन्ट लागेर एक जनाको मृत्यु 

नवलपरासी(पूर्व), कात्तिक २३ :  बिनयी त्रिबेणी गाउँपालिका ३ स्थित खोरन्डी खोलामा टिपर धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। 

प्र २ ०३ ००१ख ५३२० नम्बरको टिपर चालक रुपन्देहीका ३८ वर्षीय देबेन्द्र नेपालीको मंगलबार बिहान मृत्यु भएको हो।

निस्दी कन्ट्रक्सन एण्ड सप्लायस प्रालीको उक्त टिपर खोलामा धुने क्रममा पछाडीको ढाला माथि उठाउँदा हाईटेन्सन लाईनको नाङगो तारमा छुन गई करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १८:१४ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्