Kathmandu Press

अवैध लागूऔषधसहित एक जना पक्राउ 

कञ्चनपुर, कात्तिक २३ : बेलडाँडी गाउँपालिका २ स्थित सडकबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन्। नाईट्राभेट ९४ ट्याब्लेट र ७ सय २० मिलिग्राम अवैध...
अवैध लागूऔषधसहित एक जना पक्राउ 

कञ्चनपुर, कात्तिक २३ : बेलडाँडी गाउँपालिका २ स्थित सडकबाट नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन्। 

नाईट्राभेट ९४ ट्याब्लेट र ७ सय २० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित बेदकोट नगरपालिका ७ बसन्तपुरका २७ वर्षीय घनश्याम पन्त पक्राउ परेका हुन्।

Hardik ivf

मंगलबार बिहान प्रहरीले उनलाई वेलडाँडी गाउँपालिका १ कालीकाबाट आउँदै गरेको म.१ प ६२४३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: १८:१२ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्