फेरिए प्रदेश प्रमुख : अधिकारी, कलौनी र यादव बर्खास्त, खापुङ, परियार र जोशी नियुक्त
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरषदको सिफारिसमा प्रदेश–१, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गरेकी छन् । उनीहरूको ठाउँमा नयाँ प्रदेश प्रमुखलाई राष्ट्रपति भण्डारीले नियुक्त गरेकी छन् ।
काठमाडौं, कात्तिक २३ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरषदको सिफारिसमा प्रदेश–१, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त गरेकी छन् । उनीहरूको ठाउँमा नयाँ प्रदेश प्रमुखलाई राष्ट्रपति भण्डारीले नियुक्त गरेकी छन् ।
प्रदेश–१ का सोमनाथ अधिकारी ‘प्यासी’, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिमका गंगाप्रसाद यादव प्रदेश प्रमुखबाट पदमुक्त भएका हुन् ।
उनीहरूको ठाउँमा प्रदेश–१ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशी नयाँ प्रदेश प्रमुख तोकिएका छन् ।
मन्त्रिपरिषदको सोमबारको बैठकले अधिकारी, कलौनी र यादवलाई पदमुक्त गर्दै खापुङ, परियार र जोशीलाई प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: १७:४५ बजे, मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











