Kathmandu Press

बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी

बैंकर्स संघको उपाध्यक्षमा सुनिल केसी

काठमाडौं, कात्तिक २३ : वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको उपाध्यक्षमा सुनिल केसी नियूक्त भएका छन् । केसी एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

एसोसिएसनको साधारणसभाले केसीलाई निर्विरोध उपाध्यक्षमा नियूक्त गरेको हो। संघको नयाँ कार्यसमिति आज मंगलबार नै घोषणा हुँदैछ।

संघको अध्यक्षमा अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन्। अध्यक्षका लागि उम्मेदवारी दिने निर्धारित मितिसम्म उपाध्यायको मात्रै उम्मेदवारी परेको थियो । उपाध्याय यसअघि संघको उपाध्यक्ष थिए ।

प्रकाशित मिति: १६:४० बजे, मंगलबार, कात्तिक २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्