अरुण नदीमा पक्की पुल बन्छ : मुख्यमन्त्री राई
किमाथाङ्का, कात्तिक २३ : प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन्। सङ्खुवासभाको तुम्लिङटारमा आज...
किमाथाङ्का, कात्तिक २३ : प्रदेश नं १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माण गरिने बताएका छन्।
सङ्खुवासभाको तुम्लिङटारमा आज पत्रकारसँग कुराकानी गर्दै उनले भोजपुर जिल्लाको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका हुन्। उनले आफ्नै कार्यकालमा पक्की पुल बनाउने विश्वास दिलाए।
अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरवसीले निकै सास्ती भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राईले सङ्घीय सरकारले १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल अहिलेसम्म बन्न नसक्नु दुःखद भएको बताए।
उनले अघिल्लो सरकारले थालेका राम्रो कामलाई पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।
प्रकाशित मिति: १६:३१ बजे, मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











