देशभर थप ५३३ जना कोरोना कोरोना संक्रमण पुष्टि
काठमाडौं, कात्तिक २३ : पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र...
काठमाडौं, कात्तिक २३ : पछिल्लो २४ घण्टामा देशभर ५३३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
१४ हजार ९१८ पीसीआर परीक्षणमा ४४३ जना र एक हजार ८१८ एन्टिजेन परीक्षणमा ९० जना गरी ५३३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भइ घर फर्कनेको संख्या ४८४ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।
हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या सात हजार ६१२ रहेको छ ।
प्रकाशित मिति: १६:२६ बजे, मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











