Kathmandu Press

कम्बोडियाले ६८ औं स्वतन्त्रता दिवस मनायो

कम्बोडियाले ६८ औं स्वतन्त्रता दिवस मनायो

नोम पेन्ह, कात्तिक २३ : कम्बोडियाले मङ्गलबार ६८ औं स्वतन्त्रता दिवश मनाएको छ। राजधानी नोम पेन्हको स्वतन्त्रता स्मारकमा एक घण्टा लामो समारोहसहित उक्त स्वतन्त्रता दिवस मनाएको समाचारमा जनाइएको छ। राजा नोरोडोम सिहामोनी र  प्रधानमन्त्री सम्देच टेको हुनसेन सयुक्त रुपमा स्वतन्त्रता स्मारकमा माल्यार्पण गरी दीप प्रज्वलन गरेका थिए। 

कार्यक्रममा विदेशी कूटनीतिज्ञ, सशस्त्र बल, निजामती कर्मचारी, नागरिक तथा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो। उनीहरु सबैले कोभिड–१९ बाट बच्न अनुहारको मास्क लगाएका र शारीरिक दुरी कायम राखेका समाचार उल्लेख गरिएको छ। हुन सेनले नोभेम्बर ९ फ्रान्सबाट स्वतन्त्र भएको दिनको रुपमा मनाउँदै स्वर्गीय राजा नोरोडम सिहानुकले सुरु गरेको महान अभियानको सम्झना गरेका छन्। नोरोडोम सिहानुकलाई कम्बोडियामा स्वतन्त्रताका पिताको मानिन्छ। 

उत्सवको अन्त्यमा, स्वतन्त्रता र स्वतन्त्रताको प्रतीकको रूपमा परेवा र बेलुनहरू छोडिएको थियो। दक्षिणपूर्वी एसियाली राष्ट्रले फ्रान्सेली औपनिवेशिक शासनको ९० वर्षपछि नोभेम्बर ९, १९५३ मा आफ्नो स्वतन्त्रता प्राप्त गरेको थियो।
 

प्रकाशित मिति: १४:३० बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्