कर्णालीमा परियार, प्रदेश-१ मा खापुङ र सुदूरपश्चिममा जोशी नयाँ प्रदेश प्रमुख
सोमबारको मन्त्रिपरिषद् बैठकले कर्णालीमा तिलक परियार, प्रदेश–१ मा पर्शुराम खापुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो ।
काठमाडौं, कात्तिक २३ : सरकारले कर्णाली, प्रदेश–१ र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू परिवर्तन गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले कर्णालीमा तिलक परियार, प्रदेश–१ मा पर्शुराम खापुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो ।
अहिले कर्णालीमा गोविन्दप्रसाद कलौनी, प्रदेश–१ मा सोमनाथ अधिकारी प्यासी र गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए । उनीहरूलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गर्न सरकारले सिफारिस गरेको हो ।
प्रकाशित मिति: १३:५६ बजे, मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











