Kathmandu Press

मोरङ कारागारका कैदीबीच झडप, छ जना घाइते

काठमाडौं, कात्तिक २३ : मोरङ कारागारमा कैदीबन्दीबीच दोहोरो झडप भएको छ। मंगलबार १० बजे कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कारागार भित्र कैदीबन्दीबीच दोहोरो...
मोरङ कारागारका कैदीबीच झडप, छ जना घाइते

काठमाडौं, कात्तिक २३ : मोरङ कारागारमा कैदीबन्दीबीच दोहोरो झडप भएको छ। 

मंगलबार १० बजे कारागारका चौकीदार किरण गुरूङले यातना दिएको भन्दै कारागार भित्र कैदीबन्दीबीच दोहोरो झडप भएको हो। झडपमा परि चौकीदार गुरूङसहित ६ जना घाइते भएका छन्।

घाइते हुनेमा नाइके किरण गुरूङ, शेखर राई, निर्मल ढकाल, बिशाल मुक्तान, डिल्ली देवान र सूर्यदिप गुप्ता छन्।

घाइतेलाई सामान्य चोटपटक लागेकोले उपचारको लागि कोशी अस्पताल पठाइएको कारागारले जनाएको छ । 

प्रकाशित मिति: १३:४५ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्