Kathmandu Press

इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा निन्दा

बगदाद, कात्तिक २३ : इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको हत्या प्रयासको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ। राष्ट्रसंघीय सुरक्षा परिषदले सो हत्या प्रयासको कडा शब्दमा...
इराकी प्रधानमन्त्रीको हत्या प्रयासको राष्ट्रसंघद्वारा निन्दा

बगदाद, कात्तिक २३ : इराकी प्रधानमन्त्री मुस्ताफा अल कादिमीको हत्या प्रयासको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ। राष्ट्रसंघीय सुरक्षा परिषदले सो हत्या प्रयासको कडा शब्दमा निन्दा गरेको हो। गत आइतबार इराकी प्रधानमन्त्री कादिमीको निवासमा ड्रोन हमला भएको थियो। प्रधानमन्त्रीलाई हत्या गर्ने उद्देश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ।

पछि इराकी सरकारले गरेको अनुसन्धानबाट उनको हत्याका लागि सो ड्रोन हमला भएको बुझिएको छ। बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेका छन् । इराकी सेनाले जनाएअनुसार सो आक्रमणमा प्रधानमन्त्रीका केही अंगरक्षक घाइते भएका जानकारी गराएको छ।

राष्ट्रसंघीय सुरक्षा परिषदले प्रकाशन गरेको विज्ञप्तिमा सो कार्यको कडा शब्दमा निन्दा गरिएको छ। साथै यस कार्यमा संलग्न हुने जोकोहीलाई पनि नियन्त्रणमा लिएर कडा भन्दा कडा कारबाही गर्न भनिएको छ।

सो विज्ञप्तिमा संयुक्त राष्ट्रसंघ जहिले पनि शान्त, सार्वभौम र प्रजातान्त्रिक इराकको पक्षमा रहेको पनि स्पष्ट गरिएको छ।  सो आक्रमणको घटनाको जिम्मा कुनै समूहले लिएको छैन। ग्रीन जोनमा सामान्यतया सेनाले बाक्लो गस्ती गर्ने गर्छ । यसैकारणले पनि प्रधानमन्त्री कादिमी सुरक्षित रहेको बताइएको थियो।

ड्रोनमा बिस्फोटक पर्दाथ भरेर प्रधानमन्त्रीलाई निशाना बनाइएको सेनाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ। प्रधानमन्त्रीलाई ड्रोन आक्रमणमार्फत हत्या प्रयास भएको इराकी सरकारले जारी गरेको एक विज्ञप्तिमा पनि उल्लेख गरिएको छ।

प्रधानमन्त्री अल कादिमीले आफू सुरक्षित रहेको भन्दै देशमा शान्ति कायम गर्न र सबै संयमित रहनु पनि अपिल गरेका छन्।
 

प्रकाशित मिति: १३:३२ बजे, मंगलबार, कात्तिक २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्