Kathmandu Press

अफगान सरकारद्वारा पोलियो खोप अभियान सुरु

काबुल, कात्तिक २३ : अफगानिस्तानको सरकारले देशबाट पोलियो उन्मुलन गर्न बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको सुरुवात गरेको छ। अफगानिस्तानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले सोमबारबाट सो...
अफगान सरकारद्वारा पोलियो खोप अभियान सुरु
Hardik ivf

काबुल, कात्तिक २३ : अफगानिस्तानको सरकारले देशबाट पोलियो उन्मुलन गर्न बालबालिकालाई पोलियो थोपा खुवाउने कार्यक्रमको सुरुवात गरेको छ। अफगानिस्तानको सार्वजनिक स्वास्थ्य मन्त्रालयले सोमबारबाट सो कार्यक्रमको सुरुवात गरेको यहाँका एक स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। ती अधिकारीले उक्त कार्यक्रमलाई देशव्यापी बनाइने जानकारी पनि गराएका छन्। 

विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ बालकोष, युनिसेफको सहयोगमा यो कार्यक्रमको सुरुवात गरिएको बताइएको छ। सोमबारदेखि सुरु भएको यो कार्यक्रम चार दिनसम्म सञ्चालन गरिने छ। यो अभियानले यहाँका पाँच वर्षमुनिका ९० लाखभन्दा बढी बालबालिकालाई लक्ष्य गरेको बताइएको छ।अफगानिस्तानका कार्यबाहक जनस्वास्थ्य मन्त्री क्वाल्दार अबादले देशमा पोलियोको उन्मुलनका लागि यो अभियान सञ्चालन गरिएको बताइका छन्।

अफगानिस्तानमा यसवर्ष मात्र कम्तीमा पनि ५६ जना पोलियो लागेका बालबालिका भेटिएका थिए। यहाँ पहिले पनि नेटो सैन्य सहयोगको सरकारले पोलियो खोप दिने कार्यक्रम पनि सुरुवात गरेको थियो। तर तालिबानहरुले विदेशी कार्यक्रम भनेर यसमा संलग्न हुने स्वास्थ्यकर्मीको हत्या गर्ने तथा आफ्ना बालबालिकालाई पोलियो थोपा नखुवाउन दबाब दिने गरेका थिए।
 

प्रकाशित मिति: १३:२३ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्