Kathmandu Press

सर्वोच्चमा पेशी तोकिएका ११५ मुद्दा ‘बेन्च नबसेको’मा, ३५ वटा ‘हेर्न नभ्याइने’मा

सर्वोच्च अदालतमा मंगलबारका लागि पेशी तोकिएका एक सय १५ थान मुद्दामा इजलास नबसेका कारण सुनुवाइ भएन । अन्य ३५ थान मुद्दा ‘हेर्न नभ्याइने’मा परेका छन् ।
सर्वोच्चमा पेशी तोकिएका ११५ मुद्दा ‘बेन्च नबसेको’मा, ३५ वटा ‘हेर्न नभ्याइने’मा

काठमाडौं, कात्तिक २३ : सर्वोच्च अदालतमा मंगलबारका लागि पेशी तोकिएका एक सय १५ थान मुद्दामा इजलास नबसेका कारण सुनुवाइ भएन । अन्य ३५ थान मुद्दा ‘हेर्न नभ्याइने’मा परेका छन् ।

न्यायाधीशहरू दीपककुमार कार्की र नहकुल सुवेदी, मीरा खड्का र कुमार रेग्मी, डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगाना, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत तथा सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठका लागि तोकिएको संयुक्त इजलास बसेन ।

दीपकुमार कार्की र नहकुल सुवेदीको इजलासमा २६, मीरा खड्का र कुमार रेग्मीको इजलासमा ४८, डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको इजलासमा २८, अनिलकुमार सिन्हा र प्रकाशमान सिंहको इजलासमा ३२ तथा सपना प्रधान मल्ल र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा ५४ वटा मुद्दाको पेशी तोकिएको थियो ।

यस्तै, मंगलबारका लागि पेशी तोकिएका ३५ थान मुद्दा ‘हेर्न नभ्याइने’मा परेका छन् । न्यायाधीशहरू तेजकुमार केसी र मनोजकुमार शर्माको इजलासमा तोकिएका ३६ मध्ये बन्दी प्रत्यक्षीकरणको एउटा मुद्दामा मात्र सुनुवाइ भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाहरू पनि समेटेर मंगलबारका लागि १० वटा इजलासमा दुई सय ९८ वटा मुद्दाको पेशी तोकेका थिए ।

प्रधानन्यायाधीश जबराको बहिर्गमनको पक्षमा रहेका न्यायाधीशहरू भने बन्दी प्रत्यक्षीकरणका मुद्दाबाहेकका इजलासमा नबस्नेमा अडिग छन् ।

प्रकाशित मिति: १३:०८ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्