बारमा ताला लगाउन गएका तीन जना पक्राउ
काठमाडौं, कात्तिक २३ : नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।सोमबार रामशाहपथस्थित एसोसिएसनमा नियमित कामकारबाही...
काठमाडौं, कात्तिक २३ : नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार रामशाहपथस्थित एसोसिएसनमा नियमित कामकारबाही ठप्प बनाएर न्यायाधीश, वकिलहरु आन्दोलनमा उत्रिएको भन्दै ताला लगाउन खोज्ने तारा बरालसहित ३ जनालाई बार परिसरबाट पक्राउ गरेको हो।
उनीहरूलाई नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको बताइएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै बारमा न्यायाधीशहरुको आन्दोलन चलिरहेको छ।
प्रकाशित मिति: १२:४९ बजे, मंगलबार, कात्तिक २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











