Kathmandu Press

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, कात्तिक २३ : सिरहाको गोलबजार नगरपालिका–६ बस्ने ज्योती नायकको ज्योती स्टिल फर्निचरको गोदाममा करेण्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा फर्निचरका सामान जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

मोरङको शनिश्चरे नगरपालिका–६ तित्रीझाङ बस्ने शुभल चन्द्रबंशीको घरको पूजाकोठामा बालेको दियोबाट आगो सल्किएर सोमबार बिहान आगलागी हुँदा घर, अन्नपात, फर्निचर, विभिन्न सामान, कृषि विकास बैंकबाट जग्गा किन्नलाई लिएको नगद  ३६ लाख ७७ हजार रुपैयाँ, ८ तोला सुन र २० तोला चाँदी  समेत जलेर नष्ट भएको छ। 

Hardik ivf

यसैगरी, कास्कीको पोखरा महानगरपालिका–२७ लेखनाथ शिरोमणी गेट नजिक अम्बिका सुबेदीले संचालन गरेको “एस सुबेदी”  किराना पसलमा सोमबार राति आगलागी हुँदा किराना पसलभित्र रहेका विभिन्न सामान जलेर करिब ४० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

उदयपुरको कटारी नगरपालिका-१४ कुसुमटार बस्ने रिजु राईको घरबाट आगो सल्कीएर उनकै वुवा खगेन्द्र राई र सोही ठाउँ बस्ने दाजु अलम्वर राईको घरमा समेत सोमबार दिउँसो आगलागी हुँदा ३ वटा घर जलेर करिब ८ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

ताप्लेजुङको सिदिङवा गाउँपालिका–५ चुम्बुङ बस्ने प्रविन बस्नेतको घरमा पूजा कोठामा बालेको दियोबाट सोमबार राति आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाडावर्तन जलेर करिब १५  लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्