छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौं, कात्तिक २३ : सुनसरी, गुल्मी, नवलपरासी (पश्चिम) र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाउँपालिका–२ लौकहीस्थित...
काठमाडौं, कात्तिक २३ : सुनसरी, गुल्मी, नवलपरासी (पश्चिम) र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका–२ लौकहीस्थित सडकमा को।४ प ३४५२ नम्बरको मोटरसाइकलको ठक्करबाट मोरङ जहदा गाउँपालिका–७ घर भएका मनशेखर साहकी छोरी २ वर्षीया दिक्षा साहको सोमबार दिउँसो मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो। को.२ ह ६१६३ नम्बरको अटोले उक्त मोटरसाइकललाई ठक्कर दिँदा सो मोटरसाइकलले मनशेखर साहका छोरीहरु दिक्षा र १६ वर्षीया वर्षा साह समेतलाई ठक्कर दिएको थियो। साथै घाइते वर्षा जिल्ला अस्पताल इनरुवा हुँदै बिराटनगर गोल्डेन अस्पतालमा सामान्य उपचार पश्चात डिस्चार्ज भएकी छिन्। मोटरसाइकलल चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ।
गुल्मीको मालिका गाउँपालिका–८ ब्वांसे किसनटारीस्थित सडकमा लु–५५ प ९७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८१ वर्षीया जमुना खनालको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तमघासमा उपचारको क्रममा मृत्यु भएको हो। साथै उक्त मोटरसाइकलको ठक्करबाट घाइते भएकी पदैलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया लिला खनालको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैगरी नवलपरासी (पश्चिम), सुनवल नगरपालिका–४ रमवापुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट रुपन्देही तिलोतमा नगरपालिका(३ बस्ने ३२ वर्षीय भिम बहादुर परियारको मंगलबार बिहान मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।
रुपन्देहीको ओमसतिया गाउँपालिका(३ तर्कुलहास्थित भित्री सडकमा लु–१३ प ३३८३ नम्बरको मोटरसाइकल सोमबार राति आफै अनियन्त्रित भइ बाटोको छेउमा रहेको कुलोमा डुब्न जाँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय रमेश थापाको घटनास्थलमै मृत्यु भएको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
