Kathmandu Press

२० लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज, कात्तिक २३ : वीरगञ्जबाट प्रहरीले अवैध वित्तीय कारोबार (हुण्डी) गर्ने एक युवकलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको विश्रामपुर गाँउपालिका...
२० लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज, कात्तिक २३ : वीरगञ्जबाट प्रहरीले अवैध वित्तीय कारोबार (हुण्डी) गर्ने एक युवकलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको विश्रामपुर गाँउपालिका ५ नकटुवाका ३१ वर्षीय चन्दनकुमार साह हुन्।

साहको साथबाट नगद २० लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। वीरगञ्जको घण्टाघरबाट आदर्शनगर जाँदै गरेका साह सवार ना ४८ प ७६९१ नम्बरको मोटरसाइकल प्रहरीले रोकेर चेकजाँच गर्दा उनको झोलबाट २० लाख रुपैयाँ बरामद गरेको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । 

साहको साथबाट बरामद रकमको स्रोत नखुलेको उक्त रकम हुण्डी कारोबारको भएको खनालले बताए। हुण्डीको रकमसहित पक्राउ परेका साहलाई प्रहरी हिरासतमा राखेर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ११:४१ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्