Kathmandu Press

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन

काठमाडौं, कात्तिक २३ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौं वा चितवनलगायत सहरको  उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ।

यसैबीच शिक्षामन्त्रीस्तरीय बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। त्यसका लागि लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ मा जग्गाको व्यवस्था गरिएको बताइएको छ।
 

प्रकाशित मिति: ०९:४८ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्