Kathmandu Press

आज बस्ने सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध, निर्णय अमान्य : भीम रावल

काठमाडौं, कात्तिक २३ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बस्ने भनिएको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध भएको बताएका छन् ।आज बस्ने...
आज बस्ने सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध, निर्णय अमान्य : भीम रावल

काठमाडौं, कात्तिक २३ : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आज बस्ने भनिएको नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीको बैठक अवैध भएको बताएका छन् ।

आज बस्ने भनिएको बैठक १० बुँदे सहमति र अन्तर पार्टी निर्देशन विपरीत रहेको रावलको आरोप छ।

आजको बैठक गुटबन्दीको नमुना भएको भन्दै यसका निर्णय अमान्य हुने रावलको जिकिर छ। रावलले अन्तर पार्टी निर्देशन झापामा लागू हुने तर सुदूरपश्चिममा किन लागू नहुने भन्दै प्रश्न पनि गरेका छन् । 

‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरित छ। यो गुटबन्दीको नमुना हो। यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन्। अपानि १२ झापामा लागू हुने, सु.प.मा लागू नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकाले हो कि ?’ सामाजिक सञ्जाल ट्वीटरमा रावलले भनेका छन्।

 

प्रकाशित मिति: ०९:४० बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्