Kathmandu Press

सामूहिक बलात्कारको आरोपमा तीन युवक पक्राउ

सामूहिक बलात्कारको आरोपमा तीन युवक पक्राउ

म्याग्दी, कात्तिक २३ : सामूहिक बलात्कारको आरोपमा प्रहरीले म्याग्दीका तीन युवकलाई पक्राउ गरेको छ।

बेनी नगरपालिका–५ पुलाचौरकी एक महिलाले दिएको जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ, २२ वर्षीय प्रकाश रामदाम र १८ वर्षीय प्रवेश रामदामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

एक जनालाई रुपन्देही र दुई जनालाई पोखराबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए। घरमा एक्लै सुतिरहेकी महिलालाई तीनै जनाले धम्क्याएर बलात्कार गरेको उजुरीमा आएको डीएसपी राईले जानकारी दिए।

तीनै जनालाई हिरासतमा राखिएको छ। थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ०८:१७ बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्