Kathmandu Press

प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै

काठमाडौं, कात्तिक २३ : प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्दै छन्।भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी भारत...
प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै

काठमाडौं, कात्तिक २३ : प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्दै छन्।

भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उनी भारत भ्रमण गर्न लागेका हुन्। प्रधानसेनापति शर्मा २३ देखि २६ कात्तिकसम्म भारतको भ्रमण गर्नेछन्।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरिने भएको छ। उनलाई भोलि मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल र भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको छ। नेपालका प्रधानसेनापति सुरेन्द्रबहादुर शाहलाई विसं २०२६ मा  पहिलो पटक भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गरिएको थियो।

प्रधानसेनापति शर्माले भारत भ्रमणका क्रममा समकक्षी जनरल नरवणेलगायत भारतीय सेनाका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ०७:५० बजे, मंगलबार, कात्तिक २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्