Kathmandu Press

राष्ट्रियसभा र उपनिर्वाचनमा मिलेर जाने सत्ता गठबन्धनको सहमति 

काठमाडौं, कात्तिक २२ : पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने भएका छन् ।सोमबार साँझ बसेको गठबन्धनको बैठकले आगामी राष्ट्रियसभाको निर्वाचन...
राष्ट्रियसभा र उपनिर्वाचनमा मिलेर जाने सत्ता गठबन्धनको सहमति 

काठमाडौं, कात्तिक २२ : पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने भएका छन् ।

सोमबार साँझ बसेको गठबन्धनको बैठकले आगामी राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनसम्मलाई गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । यस्तै आजको बैठकले ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय पनि गरेको छ ।

जसको नेतृत्वको पहिलो २ हनिा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्नेछन् । संयन्त्रलाई सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने, राष्ट्रिय सभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति: २०:१७ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्