Kathmandu Press

सरकारलाई सहयोग गर्न सत्तापक्षीय गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति

संविधानको रक्षा गर्न, जनताको रक्षा सरकारलाई सहयोग गर्न र सरकारमा देखिएका समस्यालाई समाधान गर्नुका साथै जनतालाई आश्वस्त गर्नेका लागि समन्वय समिति बनाईएको सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
सरकारलाई सहयोग गर्न सत्तापक्षीय गठबन्धनले बनायो ११ सदस्यीय समन्वय समिति

काठमाडौं, कात्तिक २२ : सत्तापक्षीय गठबन्धनको बैठकले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको सोमबार बसेको बैठकले ११ सदस्यीय समन्वय समिति बनाएको हो ।

संविधानको रक्षा गर्न, जनताको रक्षा सरकारलाई सहयोग गर्न र सरकारमा देखिएका समस्यालाई समाधान गर्नुका साथै जनतालाई आश्वस्त गर्नेका लागि समन्वय समिति बनाईएको सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार समितिमा सत्तारुढ गठबन्धनमा रहेका सबै दलबाट २–२ जना सदस्य रहनेछन् भने सरकारका तर्फबाट स्वयंम कार्की रहेका छन् ।

जसअनुसार नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौंला रहेका छन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल, जनता समाजवादी  (जसपा) बाट उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन् ।

नेकपा एस र जसपाबाट एक/एक जनाको नाम पछि दिईने छ  ।

उक्त समन्वय समितिमा कांग्रेस नेता पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन् । समन्वय समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा नरहेपछि सबै बैठकहरुमा प्रधानमन्त्री उपस्थित हुने कार्कीले जनाए । 

यस्तै समितिले निकट भविष्यमा सम्पन्न हुने राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनहरुमा समेत सघाउ पुर्‍याउने कार्कीले सञ्चारकर्मीहरुलाई बताए ।

 

प्रकाशित मिति: १९:३४ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्