Kathmandu Press

भूमि आयोगमा चार सदस्य थपिए

काठमाडौं, कात्तिक २२ : राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिएका छन् । उनीहरूलाई अध्यक्ष केशव निरौलाले आजै पद तथा गोपनीयताको शपथ खुवाएका छन्...
भूमि आयोगमा चार सदस्य थपिए

काठमाडौं, कात्तिक २२ : राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिएका छन् । उनीहरूलाई अध्यक्ष केशव निरौलाले आजै पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।

थपिएका सदस्यहरूमा दाताराम खनाल, राघव राय यादव, टेकबहादुर साह र बासुदेव हुमागाईं रहेका छन् । थपिएकामध्ये खनाल नेकपा एस, यादव जसपा, साह कांग्रेस र हुमागाईं माओवादी केन्द्रबाट सिफारिसमा परेको बताईएको छ ।

 उनीहरूलाई अध्यक्ष केशव निरौलाले आजै पद तथा गोपनीयताको शपथ खुवाएका छन् । अब आयोगमा दुई सदस्यको कोटा मात्र खाली छ ।

शपथ खुवाएपछि अध्यक्ष निरौलाले आयोगले करिब पूर्णता पाएको भन्दै अब तीव्र गतिमा काम अघि बढाउने भन्दै आयोगको प्राथमिकतामा भूमिहीन दलित र सुकुम्वासी रहने भन्दै उनीहरूका समस्या समाधान गरेरमात्र अन्य विषयतिर ध्यान दिने प्रतिबद्धता समेत जनाए । 

प्रकाशित मिति: १८:५७ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्