Kathmandu Press

एमसीसीबारे प्रचण्ड र देउवाले झुट बोलेको ओलीको दाबी 

काठमाडौं, कात्तिक २२ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष...
एमसीसीबारे प्रचण्ड र देउवाले झुट बोलेको ओलीको दाबी 

काठमाडौं, कात्तिक २२ : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीबारे झुट नबोल्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झुट बोलेको आरोप लगाएका छन् ।

आज सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एमसीसी पास गर्ने भनेर पत्राचार गरिएको प्रधानमन्त्री देउवाको भनाइ र त्यस्तो पत्र नपठाइएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमध्ये एक झुट भएको भन्दै अध्यक्ष ओलीले झुट बोल्ने काम नगर्नका लागि आग्रह गरेका हुन् ।

उनले भने, ‘शेरबहादुरजी हस्ताक्षर गरेर दिएको भन्नुहुन्छ, प्रचण्ड दिएको छैन भन्नुहुन्छ। दुईमध्ये एउटाले झुट बोल्या जस्तो देखिएन? त्यस्तो झुट बोल्नु हुँदैन।’

अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने सबै न्यायाधीशहरूले राजीनामा दिनुपर्ने समेत बताए । 

प्रकाशित मिति: १८:३४ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्