Kathmandu Press

मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टिन अनिवार्यता हटाउने

क्वालालम्पुर, कात्तिक २२ : मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेन (भिटिएल) को शुभारम्भसँगै दुई देशहरू बीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाएको मलेसियाका...
मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टिन अनिवार्यता हटाउने

क्वालालम्पुर, कात्तिक २२ : मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेन (भिटिएल) को शुभारम्भसँगै दुई देशहरू बीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाएको मलेसियाका प्रधानमन्त्री इस्माइल साब्री याकोबले सोमबार  बताएका छन्। 

मलेसियाको प्रधानमन्त्री कार्यालय र सिंगापुरको प्रधानमन्त्री कार्यालयबाट जारी संयुक्त प्रेस विज्ञप्ति अनुसार नोभेम्बर २९ बाट लागू हुने उक्त सम्झौताको अर्थ विछोडिएका परिवारहरूलाई पुनर्मिलन हुने अवसर प्रदान गर्नु हो।

दुवै देशले आआफ्ना जनतालाई खोप लगाउन र कोभिड–१९ महामारीको व्यवस्थापनमा गरेको महत्त्वपूर्ण प्रगतिलाई ध्यानमा राख्दै प्रधानमन्त्रीहरूले क्रमशः सीमापार यात्राहरू पुनः सञ्चालन गर्न समय सान्दर्भिक भएको प्रतिक्रिया दिएका छन्।

सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेनले क्वालालम्पुर इन्टरनेशनल एयरपोर्ट (केएलआइए) सिंगापुरको चाङ्गी एयरपोर्टबाट मात्र हवाई यात्रालाई समेट्नेछ। यद्यपि दुई देशलाई जोड्ने अन्य मार्गलाई पुनः सञ्चालन गर्न भने थप वार्ता आवश्यक हुने बताइएको छ। 

प्रकाशित मिति: १८:१५ बजे, सोमबार, कात्तिक २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्