राष्ट्रिय वाणिज्य बैंकको आवेदन शुल्क अब खल्तीबाटै भुक्तानी हुने
काठमाडौं, कात्तिक २२ : राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क अब ‘खल्ती डिजिटल वालेट’ बाटै भुक्तानी गर्न...
काठमाडौं, कात्तिक २२ : राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परिक्षा शुल्क अब ‘खल्ती डिजिटल वालेट’ बाटै भुक्तानी गर्न मिल्ने भएको छ ।
अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि ‘खल्ती’ छनौट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जनाएको हो ।
बैंकले हालसालै विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको थियो । उक्त पदमा बैंकको वेबसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ ।
खल्ती डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिङ कारोबार सहज साथै सरल गर्नु हो ।
प्रकाशित मिति: १८:१५ बजे, सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











