Kathmandu Press

‘बसाइँ’ उपन्यासका सर्जक क्षत्रीले भारतीय राष्ट्रपतिबाट पाए पदमश्री पुरस्कार

आसामका नेपालीभाषी साहित्यकार लीलबहादुर क्षत्रीलाई सोमबार पदमश्री पुरस्कार प्रदान गरिएको छ। नयाँदिल्लीमा आयोजित समारोहमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले क्षत्रीलाई भारतकै प्रतिष्ठित सम्मान प्रदान गरेका हुन्।
‘बसाइँ’ उपन्यासका सर्जक क्षत्रीले भारतीय राष्ट्रपतिबाट पाए पदमश्री पुरस्कार

काठमाडौं, कात्तिक २२ : आसामका नेपालीभाषी साहित्यकार लीलबहादुर क्षत्रीलाई सोमबार पदमश्री पुरस्कार प्रदान गरिएको छ ।

नयाँदिल्लीमा आयोजित समारोहमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले क्षत्रीलाई भारतकै प्रतिष्ठित सम्मान प्रदान गरेका हुन् ।

आसाममा जन्मे–हुर्केका उनले नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान दिएका छन् ।

उनले लेखेको उपन्यास ‘बसाइँ’ नेपाली साहित्यको निकै चर्चित कृति हो । उनका ‘ब्रहमपुत्रको छेउछाउ’, ‘अतृप्त’, ‘असममा नेपाली भाषाको साह्रोगाह्रो’, ‘दोबाटो’, ‘तीन दशक बीस अभिव्यक्ति’लगायत कृति प्रकाशित छन् ।

‘लीलबहादुर क्षत्री सरले राष्ट्रपति महोदयबाट आज पद्मश्री पुरस्कार थाप्नुभयो, सरलाई धेरैधेरै बधाई, आज भने धेरै खुशी लाग्यो,’ आसामका साहित्यकार–लेखक खगेन शर्माले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति: १८:११ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्