Kathmandu Press

घर नभएका सैनिकले २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने

काठमाडौं, कात्तिक २२ : नेपाली सैनिकले निकै सस्तो सस्तो ब्याजदरमा २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने भएका छन्। १० वर्ष सेनामा काम गरिसकेका...
घर नभएका सैनिकले २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने

काठमाडौं, कात्तिक २२ : नेपाली सैनिकले निकै सस्तो सस्तो ब्याजदरमा २५ लाख रुपैयाँसम्म आवास कर्जा पाउने भएका छन्। १० वर्ष सेनामा काम गरिसकेका तर आफ्नो नाममा घर नभएका सैनिकलाई उक्त सुविधा दिइने भएको हो।

सैनिक कल्याणकारी महानिर्देशनालय र राष्ट्रिय वाणिज्य बैंकबीच आज  ‘सैनिक सकल दर्जा सहुलियतपूर्ण आवाज कर्जा’को सहमतिपत्रमा हस्ताक्षर भएसँगै उक्त कर्जाका लागि बाटो खुलेको छ।

उक्त कार्जा लिँदा वार्षिक ३.३२ प्रतिशत ब्याजदर लाग्ने सम्झौतामा उल्लेख छ। सम्बन्धित सैनिक तथा उनका श्रीमान् वा श्रीमतीका नाममा घर नभएको हुनुपर्ने प्रावधान राखिएको छ।

यसैगरी नेपाली सेनाले अब ६० वर्ष नाघेका आफ्ना अवकाश प्राप्त कर्मचारीलाई मासिक १ हजार रुपैयाँ  ‘पेन्सन’ दिने भएको छ।

सेनाले आफ्ना  कर्मचारीका सन्ततिलाई कक्षा ६ देखि कल्याणकारी छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। तर अब कक्षा ४ देखि उक्त छात्रवृत्ति दिइने नेपाली सेनाले जनाएको छ।

प्रकाशित मिति: १८:०९ बजे, सोमबार, कात्तिक २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्