Kathmandu Press

नाचघरमा भोलिदेखि गाईजात्रा महोत्सव

काठमाडौं, साउन ३० : गाईजात्रा महोत्सव २०७६ भोलि (शुक्रबार) देखि सुरु हुने भएको छ। 

साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को आयोजनाम....

नाचघरमा भोलिदेखि गाईजात्रा महोत्सव

काठमाडौं, साउन ३० : गाईजात्रा महोत्सव २०७६ भोलि (शुक्रबार) देखि सुरु हुने भएको छ। 

साँस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) को आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा ‘गाईजात्रा महोत्सव, २०७६’ सुरु हुन लागेको हो।

गाईजात्रामा हास्य कलाकारहरु दमन रुपाखेती, प्रभाकरदेव शर्मा, लक्ष्मण गाम्नाङे, कमल गाउँले, पल्पसा डंगोल, घनश्याम गौतम, सन्तोष खनाल, मञ्जु श्रेष्ठ, विष्णु सापकोटा लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ।

गाईजात्रा कार्यक्रम शुक्रबार विहान ११ बजे, साउन ३२ गते शनिबार दिउँसो दुई बजे र बेलुकी पाँच तथा भदौ ३ गते बेलुकी पाँच बजेबाट सुरु हुनेछ।

गाईजात्रा कार्यक्रमको टिकटदर दुई सय, तीन सय र पाँच सय तोकिएको छ।
 

प्रकाशित मिति: १९:१५ बजे, बिहीबार, साउन ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्