वागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत- पक्षमा ५९, विपक्षमा ४३
विश्वासको मतका पक्षमा ५९ र विपक्षमा ४३ मत परेको छ । नेमकिपाका दुई सांसद तटस्थ बसेका छन् ।
काठमाडौं, कात्तिक २२ : वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
विश्वासको मतका पक्षमा ५९ र विपक्षमा ४३ मत परेको छ । नेमकिपाका दुई सांसद तटस्थ बसेका छन् ।
उनी ११ कात्तिकमा मुख्यमन्त्री नियुक्त भएका थिए । १० कात्तिकमा तत्कालीन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए ।
२५ भदौमा एमाले प्रदेशसभा संसदीय दल विभाजनपछि तत्कालीन मुख्यमन्त्री शाक्यले बहुमत गुमाएकी थिइन् ।
पाण्डेलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका सांसदको समर्थन छ । एमाले र राप्रपाका सांसदले विपक्षमा मतदान गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा एक सय चार सांसदको उपस्थिति थियो ।
प्रकाशित मिति: १७:३६ बजे, सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











