Kathmandu Press

दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौं, कात्तिक २२ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ। दीपावलीको बिदापछि खुलेको बजारमा नेप्से परिसूचक...
दोहोरो अङ्कले घट्यो नेप्से

काठमाडौं, कात्तिक २२ : धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ। दीपावलीको बिदापछि खुलेको बजारमा नेप्से परिसूचक भने राताम्मे देखिएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १९.२० अङ्कले घटेर दुई हजार ८२९.६४ मा ओर्लेको छ। ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स समेत २.७१ ले ओरालो लागेर ५२८.३७ मा ओर्लेको छ । 

कारोबार रकम पनि खासै बढेको छैन। कूल २३० कम्पनीको ७२ लाख सात हजार ३९६ कित्ता शेयर रु चार अर्ब ४२ करोड सात लाख १९ हजार १०३ मूल्यमा खरिद बिक्री भए।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ३९ खर्ब ७९ अर्ब सात करोड ६६ लाख १० हजार बराबर रहेको छ। नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सोमबार तीन उपसमूहको शेयर उकालो लाग्यो भने १० उपसमूहको शेयर भने ओरालो लागेको छ। वित्त २१, सामूहिक लगानी कोष ०.०८ र लगानी उपसमूह ०.६३ अङ्कले बढेको छ। 

त्यस्तै, बैंकिङ १९.९६, व्यापार १४.७६, होटल तथा पर्यटन २९.६५, विकास बैंक ७०.०५, जलविद्युत् १३.०२, निर्जीवन बीमा १३७.३७, उत्पादन २९.३६, अन्य २३.१२, लघुवित्त ५५.३५ र जीवन बीमा १००.०४ अङ्कले घटेको छ।

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा छ। सो बैंकको रु ५२ करोड १० लाख तीन हजार ५९० बराबरको कारोबार भयो। त्यस्तै, नबिल बैंक रु. ३० करोड ३३ लाख २९ हजार, आइसिएफसी फाइनान्स रु. २२ करोड ४० लाख ८१ हजार ५२१, नेशनल हाइड्रोपावर रु. १५ करोड ४१ लाख ५८ हजार र युनाइटेड मोदी हाइड्रोपावर रु. १४ करोड आठ लाख ४० हजार ४२५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । 

नेप्सेका अनुसार आइसिएफसी फाइनान्स, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।

यस्तै, महालक्ष्मी विकास बैंैकका लगानीकर्ताले ९.८४ प्रतिशतले कमाए। उता, सपोर्ट माइक्रोफाइनान्स ७.९६, पाँचथर पावर ४.९५, कालिका पावर ४.७०, हिमालयन ऊर्जा विकास कम्पनी ४.३० र जोशी हाइड्रोपावरका लगानीकर्ताले ४.२८ प्रतिशतले गुमाए।

प्रकाशित मिति: १७:२७ बजे, सोमबार, कात्तिक २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्