Kathmandu Press

कृषिजन्य वस्तुको आयात बढ्यो

झापा, कात्तिक २२ : पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणाबढी आयात बढेको छ। विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात...
कृषिजन्य वस्तुको आयात बढ्यो

झापा, कात्तिक २२ : पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तुको निर्यातभन्दा दुई गुणाबढी आयात बढेको छ। विगतमा भने यो नाका भएर कृषिजन्य वस्तुको निर्यात बढी हुने गरेको क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले देखाएको छ।

चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा रु. चार अर्ब १९ करोड ६० लाख छ हजार बढीको कृषिजन्य सामग्रीको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ।

सो अवधिमा नेपालबाट बङ्गलादेश, भारतलगायतका स्थानमा रु दुई अर्ब २४ करोड ९७ लाख पाँच हजारको सामग्री मात्र निर्यात भएको कार्यालयका प्रमुख देविन्द्र शाहुले बताए।

उनले नेपालमा सबैभन्दा बढी भटमासको ब्रान (पशु आहारका लागि) रु. एक अर्ब ९२ करोड ४६ लाख ५० हजार, भटमासकै दाना (तेलका लागि) रु. एक अर्ब ६ करोड ४३ लाख ६४ हजारको बङ्लादेशबाट आयात भएको बताए।

मूल्यको हिसाबले दोस्रोमा इन्डोनेसियाबाट सुपारी आयात भएको देखिएको छ। तीन महिनामा रु ३४ करोड पाँच लाख ६१ हजारको सुपारी आयात भएको छ । त्यसैगरी, भारतबाट ठूलो परिणाममा धान र चामल भित्रिएको छ। 

उहाँका अनुसार भारतबाट रु २३ करोड ९२ लाखको धान र रु आठ करोड ११ लाख ६४ हजारको चामल आयात भएको छ। तर, नेपालबाट भारत र बङ्लादेश अम्रिसोको कुचो निर्यात बढी भएको देखिन्छ।

कार्यालयको तथ्याङ्कमा रु १६ करोड ३७ लाख ८० हजार मूल्य बराबरको अम्रिसो निर्यात गरेको देखिएको छ। यो नाकाबाट अलैंची, लसुन, मजिठो, अर्गानिक चिया, जडीबुटीजन्य पदार्थसमेत निर्यात हुँदै आएको छ।

प्रकाशित मिति: १७:१७ बजे, सोमबार, कात्तिक २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्