वागमतीका मुख्यमन्त्री पाण्डेको विश्वासको मतमाथि मतविभाजन सुरु
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमाथि मत विभाजन सुरु भएको छ ।
काठमाडौं, कात्तिक २२ : वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावमाथि मत विभाजन सुरु भएको छ ।
मुख्यमन्त्री पाण्डेको प्रस्तावमाथि छलफल सकिएपछि मत विभाजन सुरु भएको हो । मुख्यमन्त्री पाण्डेलाई प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्र र जसपाका ५९ सांसदको समर्थन छ । विवेकशील साझा पार्टीले विपक्षमा मत हाल्ने बताएको छ । स्वाभाविक छ, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेलाई एमालेले विपक्षमा मतदान गर्नेछन् । नेमकिपाले मत विभाजनमा तटस्थ बस्ने बताएको छ । राप्रपाको पनि उनलाई समर्थन छैन ।
वागमती प्रदेशसभामा एकीकृत समाजवादीका १३, एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, विवेकशील साझाका तीन, नेमकिपा दुई, राप्रपाका दुई र जसपाका एक सांसद छन् ।
प्रकाशित मिति: १७:०७ बजे, सोमबार, कात्तिक २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











