दाङ जिप दुर्घटना अपडेट : गम्भीर घाइतेलाई काठमाडौं लगियो
दाङ, कात्तिक २२ : सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको यात्रुवाहक जिप दाङको बबई गाउँपालिका–२ एक्लेबरमा आज भएको दुर्घटनामा परी घाइतेमध्ये पार्वती...
दाङ, कात्तिक २२ : सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे१ज ५२२ नम्बरको यात्रुवाहक जिप दाङको बबई गाउँपालिका–२ एक्लेबरमा आज भएको दुर्घटनामा परी घाइतेमध्ये पार्वती वलीको अवस्था गम्भीर रहेकाले हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।
त्यस्तै नौजना घाइतेलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ। अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जीपका चालक भने फरार रहेको प्रहरीले बताएको छ।
सो दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्। मृत्यु हुनेमा सल्यान कालीमाटी गाउँपालिका–३ चौरी बल्ले बस्ने ३२ वर्षीय देवबहादुर सुनार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। मृतक सुनार गाडी मालिक हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक अर्यालका अनुसार घाइते हुनेमा दङ्गीशरण गाउँपालिका–२ बस्ने ३० वर्र्षीया पार्वती वली, सल्यान कालीमाटी– ३ सिमलकुना बस्ने २८ वर्षीया रीता खत्री, सोही ठाउँका २९ वर्षीय रेशम बुढाथोकी, १८ वर्षीय खिमराज बुढाथोकी, बबई गाउँपालिका–२ बगाले बस्ने २३ वर्र्षाया पवित्रा ओली, उनका छोरा तीन वर्षीय दिनेश ओली, कालीमाटी–३ कालाखोला बस्ने अन्दाजी ६ वर्षीय प्रशान्त राना, सोही ठाउँका ५६ वर्षीया प्रमिसा खत्री, बबई– २ बस्ने ३२ वर्षीया कमला बस्नेत रहेका छन् ।
त्यस्तै घाइतेमा तुलसीपुर उपमहानगरपालिका–१५ बस्ने १० वर्षीय प्रशान्त खत्री, बाँके राप्ती सोनारी– ९ बस्ने ३५ वर्षीया पवित्रा बुढाथोकी, कालीमाटी– ३ बस्ने १७ वर्षीया सपना ओली, शान्तिनगर– ४ बस्ने ५५ वर्र्षीया खली ओली, बाँके कोहलपुर नगरपालिका– ४ बस्ने ३२ वर्षीया दिपा ओली, उनका छोरी १५ वर्षीया सङ्गिता बुढाथोकी, ८ वर्षीया अपेक्षा बुढाथोकी र बर्दिया बासगढी मोतिपुर बस्ने २८ वर्षीया सुशीला राणा रहेका छन्।
बाँकेको राप्ती सोनारी गाउँपालिका ढकेरी बस्ने ६० वर्षीया बिम्पा खत्री, तुलसीपुुुर उपमहानगरपालिका– ९ बेलुवा बस्ने २८ वर्षीया सोभा बुढाथोकी र उहाँका छोरा सात वर्षीय लोकेन्द्र बुढाथोकी रहेका छन्।











